राष्ट्रियसभाको बिधायन व्यबस्थापन समितिमा आज नागरिकता बिधेयकबारे छलफल हुँदै



काठमाडौँ। राष्ट्रियसभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठक आज बस्दैछ ।मध्यान्ह १२ बजे सुरु हुने बैठकमा नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ माथि छलफल हुनेछ।

राष्ट्रपति विद्यादेवी भण्डारीबाट पुनर्विचारका लागि १५ बुँदे सन्देशसहित फिर्ता भएको नागरिकता विधेयकलाई प्रतिनिधिसभाले पुन: जस्ताको त्यस्तै पास गरेर पठाएको थियो।
सो विधेयक राष्ट्रियसभाले भने थप छलफलका लागि विषयगत समितिमा पठाएको हो। सो समितिमा नागरिकता विधेयकमाथि दफावार छलफल हुनेछ ।

अब विधायन व्यवस्थापन समितिले पारित गरेपछि मात्रै सो विधेयक राष्ट्रिय सभामा निर्णयार्थ प्रस्तुत हुनेछ । राष्ट्रिय सभाको बैठक भदौ १६ गते बिहीबार बोलाइएको छ । सोही बैठकबाट विधेयक पास गर्ने सरकारको तयारी छ।(फोटो फायल)

प्रतिक्रिया दिनुहोस्