माओवादीले गर्नुपर्ने काम धरान उपमहानगरले गरेको छ:प्रचण्ड
केदार बस्नेत काठमाडौं।नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल `प्रचण्ड´ले धरान उप महानगरपालिकाको काम देखेर सन्तोष भएको धारणा राखेका छन् ।

वरिष्ठ कलाकार जेवि टुहुरेको स्मृतिमा उपमहानगरले आयोजना गरेको कार्यक्रममा वृक्षरोपण गर्दै सतारुढ दलका नेता तथा पुर्वप्रधानमन्त्री समेत रहेका`प्रचण्ड´ले टुहुरे नेपालका लोकप्रिय र प्रगतिशील गीतकार भएको स्मरण गरे ।
अध्यक्ष प्रचण्डले भने`मैले गरेको वृक्षरोपन जेवि टुहुरे कै लागि´भएको बताएका छन् ।
धरान उप महानगरपालिकाका प्रमुख हर्क साङपाङको कामलाई सिंगो देशले गम्भिरतापुर्वक हेरेको भन्दै मेयर साङपाङलाई निरन्तर डटेर लाग्न प्रचण्डले अनुरोध गरेका छन् ।नेपालका कम्युनिस्ट पार्टीले गर्नुपर्ने काम अर्थात खासगरि माओवादीले गर्नुपर्ने काम धरानले गरेको प्रचण्डको भनाई थियो ।
माओवादीले धरानको विकासलाई सधैं साथ दिने भन्दै उपमेयर अईन्द्र बिक्रम बेघालाई देखाउदै प्रचण्डले मेयर र उपमेयरको जोडी मिल्नु उपमहानगरका लागि अवसर भएको बताएका छन् ।कार्यक्रममा प्रचण्ड मेयर साङपाङ उपमेयर बेघा लगाएतका नेता तथा जनप्रतिनिधिहरुको उपस्थिति रहेको प्रचण्डको सचिवालयले जनाएको छ।

