एमाले केन्द्रीय समिति बैठक आज बस्दै,यस्ता छन् एजेन्डा
काठमाडौं । नेकपा एमाले केन्द्रीय समिति आजबाट सुरु हुने भएको छ।

पार्टी प्रचार विभाग प्रमुख पृथ्वी सुब्बा गुरुङले बिहीबार बसेको पोलिटब्युरो बैठकले केन्द्रीय कमिटी बैठकका लागि ११ एजेण्डा तय गरेको जानकारी दिए ।
उनका अनुसार शनिबारसम्म बस्ने बैठकको पहिलो एजेण्डाका रुपमा अध्यक्ष केपी शर्मा ओलीको लिखित राजनीतिक प्रतिवेदन पेससहित त्यसमा ग्रुप विभाजनमार्फत छलफल गर्ने, मनोनीत केन्द्रीय सदस्यलाई सपथ गराएर बैठकमा सहभागी गराउने, यसअघि पार्टी सचिवालयले गरेका निर्णयहरु पेस गर्ने, उम्मेदवार छनोटको मापदण्ड र प्रक्रिया, स्थानीय निर्वाचनका सम्वन्धमा छानविन गर्न उपाध्यक्ष विष्णु पौडेल नेतृत्वको छानविन समितिको प्रतिवेदन पेश गर्ने लगायत छन्।

