रीड नेपालले तयार गर्यो शैक्षिक विपद् व्यवस्थापन कार्ययोजना,पूर्णताका लागि समिति गठन
खगिन्द्रराज बास्तोला,सोलुखुम्बु।रीड नेपालले सोलुदुधकुण्ड नगरपालिकामा ३० पृष्ठको शैक्षिक विपद् व्यवस्थापन कार्ययोजना तयार गरि त्यसलाई पूर्णता दिन नगर शिक्षा शाखा प्रमुख गोपालराज भूजेलको संयोजकत्वमा ५ सदस्यीय समिति पनि गठन गरेको छ ।

मंगलबारबाट सल्लेरी सुरु भएको दुई दिने गोष्ठीले शैक्षिक क्षेत्रमा भईपरि आउने विपद्कोे व्यवस्थापन कार्ययोजना तयार गरि पूर्णताका लागि गठित भुजेल नेतृत्वको समितिका सदस्यहरुमा केशव देव गिरी, तिलक बहादुर राई, रिता ढुंगाना र ल्हाक्पा गेलु शेर्पा रहेका छन्। गोष्ठीले तयार गरेको माइनोट नगरपालिकालाई हस्तान्तरण गरिएको छ ।
रीड नेपालका विपत जोखिम न्यूनिकरण टिम लिडर रामनाथ ओझा, विपत जोखिम न्यूनिकरणका प्रशिक्षक उत्सब बोगटी र शिक्षा विकास संयोजक केशवदेव गिरीले सहजीकरण गरेको गोष्ठीको समापन समारोहलाई सोलुदुधकुण्ड नगरपालिकाका उपमेयर गान्धी माया तामाङ,प्रमुख प्रशासकिय अधिकृत पुरुषोत्तम अधिकारी,शिक्षा विकास तथा समन्वय इकाइ सोलुखुम्बुका प्रमुख खगेन्द्र श्रेष्ठ लगायतले मन्तब्य व्यक्त गरेका थिए।

