१० गतेदेखि सुरु हुने अभियानका लागि कांग्रेसले पठायो सबै जिल्लामा केन्द्रीय प्रतिनिधि
काठमाडौं। नेपाली कांग्रेसले भदौ १० गतेदेखि सुरु हुने राष्ट्रिय अभियानका लागि ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधिहरु खटाएको छ।

‘जनताको साथका कांग्रेस’ अभियानका लागि ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधिलाई प्रधानमन्त्री एवम् पार्टी सभापति शेरबहादुर देउवाले आइतबार जिम्मेवारीसहितको लिखित पत्र दिएका छन्। पत्रमा पार्टीको विजय अभियान सफल बनाउन जनताको साथमा कांग्रेस अभियानलाई व्यापक बनाउन केन्द्रीय प्रतिनिधिको जिम्मेवारी सुम्पिएको उल्लेख छ।
कांग्रेसले राष्ट्रव्यापी अभियानका लागि खटाइएको केन्द्रीय प्रतिनिधिहरलाई जिम्मेवारी पूरा गरेर केन्द्रीय कार्यालयमा लिखित प्रतिवेदन बुझाउन भनिएको छ।
गत साउन २ गते बसेको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले आगामी निवाृचन केन्द्रीय राष्ट्रव्यापी अभियान चलाउने निर्णय गरेको थियो।
साउन २८ गते बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले राष्ट्रव्यापी अभियान भदौ १० देखि २४ गतेसम्म सञ्चालन गर्ने निर्णय गरेको थियो।

