स्काउटको महत्व बढ्दै गएको मेयर अधिकारीको भनाई



काठमाडौं।स्थानीय स्काउट कार्यालय बुढानिलकण्ठमा स्थानीय स्काउट संरक्षक, प्रमुख स्काउट एवं स्थानीय स्काउट परिषद पदेन सदस्य सचिव पद तथा गोपनीयताको सपथ र कोभिड-१९ स्वयंसेवक पदक वितरण समारोहको आयोजना गरिएको छ।

स्थानीय स्काउट तदर्थ समितिका सदस्य ईन्द्रमणि दाहालको सभापतित्वमा बिहीबार सम्पन्न कार्यक्रममा प्रमुख अतिथि नेपाल स्काउट,वागमति प्रदेश तदर्थ समितिका संयोजक शिवराम अर्यालले स्थानीय स्काउट संरक्षक बढूानीलकण्ठ नगरपालिका मेयर मिठाराम अधिकारी,स्थानीय स्काउट प्रमखु उपमेयर श्री अनिता लामा र स्थानीय स्काउट परिषद सदस्य सचिव बुढानिलकण्ठ नगरपालिका शिक्षा अधिकारी ललित बिक्रम सिङ्ग लाई पद तथा गोपनियताको दिक्षा गराउनुभएको थियो।

सोहि अवसरमा कोरोनाको समयमा गरेको समाजिक कामको मुल्यांकन गरि नेपाल स्काउटद्वारा प्रदान गरिएको कोभिड-१९ स्वंयमसेवक पदक प्राप्त गर्नुहुने २१ जना स्काउटर तथा स्काउटहरुलाई कोभिड– १९ स्वंयमसेवक पदक पनि बितरण गरियो।मेयर तथा संरक्षक मिठाराम अधिकारीले स्काउट एक अनौपचारिक शिक्षा प्रदायक स्वयंसेवी संस्था भएका कारण जनजीवनमा औपचारिक शिक्षाका अलावा अन्य सिकाईका थुप्रै शिप पनि आवश्यक पर्ने हुँदा आजको समयमा स्काउटको महत्व बढेको बताउँनुभयो।

यस्तै, प्रमुख अतिथि नेपाल स्काउट,वागमतीप्रति प्रदेश तदर्थ समितिका संयोजक शिवराम अर्यालले संरक्षक बुढानिलकण्ठ नगरपालिका मेयर अधिकारीले स्काउट गतिबिधिलाई ससक्त बनाउने बिश्वास व्यक्त गर्दै स्काउट गतिबिधिलाई चलाएमान बनाई ७५३ वटै स्थानीय तहमा पुर्‍याई गतिशिल बनाउने राष्ट्रीय प्रधान कार्यालयप्रति आभार ब्यक्त गर्नुभयो ।

बूढानीलकण्ठ नगरपालिका शिक्षा अधिकारी ललित बिक्रम सिंहले बूढानीलकण्ठ नगरपालिका भित्रका सबै बिद्यालयमा तत्काल स्काउट शिक्षालाई लागु गराउन पहल गर्ने जानकारी गराउनुभयो।

सो कार्यक्रम रेन्जर लिडर तारादेवि सिवाकोटीले सञ्चालन गर्नुभएको थियो भने स्थानीय स्काउट तदर्थ समितीकातर्फबाट समिर बास्तोलाले स्वागत मन्तब्य राख्नुभएको थियो।

प्रतिक्रिया दिनुहोस्