नेकपा माओवादी केन्द्रका अध्यक्ष दाहाल थुलुङदुधकोशी आउने



खगिन्द्रराज बास्तोला,सोलुखुम्बु।पूर्बप्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सोलुखुम्बु आउने भएका छन्।

जिल्लाको थुलुङ दुधकोशी गाउँपालिकामा निर्मित विभिन्न कार्यालयको उद्घाटन गर्न दाहाल असोज ३ गते सोलुखुम्बु आउन लागेको गाउँपालिका अध्यक्ष अशिम राईले जानकारी दिए।अध्यक्ष राईका अनुसार गाउँपालिकाको प्रशासनिक भवन, ५० शैय्याको दुधकोसी सामुदायिक अस्पताल र थुलुङ दुधकोशी वहुप्राविधिक शिक्षालयको मास्टर विल्डिङ एकैसाथ असोज ३ गते उद्घाटन गर्ने कार्यक्रम तय गरिएको छ।

उद्घाटन कार्यक्रममा अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ १ नं प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री इन्द्र आङ्बो ‘मौसम’ र सोलुखुम्बु जिल्लाका प्रतिनिधिसभा सदस्य हेम कुमार राई ‘सुरवीर’को पनि उपस्थिति रहने उनले बताए।

प्रतिक्रिया दिनुहोस्