टान अध्यक्षमा बास्तोला निर्बाचित
काठमाडौं।पर्यटन व्यवसायीहरुको छाता संगठन ट्रेकिङ एजेन्सिज एसोसिएशन अफ नेपाल (टान) को अध्यक्षमा निलहरि बास्तोला निर्वाचित भएका छन्।

पूर्वउपाध्यक्षसमेत रहेका बास्तोलाले काठमाडौंमा गएराति सम्पन्न मतगणनामा प्रतिस्पर्धी रामप्रसाद सापकोटालाई हराउँदै अध्यक्षमा निर्बाचित भएका हुन्।
टानको वरिष्ठ उपाध्यक्षमा कृष्णप्रसाद दाहाल, प्रथम उपाध्यक्षमा प्रतित पण्डित, द्धितिय उपाध्यक्षमा धनबहादुर गुरुङ, महासचिवमा विनोद सापकोटा, कोषाध्यक्षमा पुरूषोत्तम तिमल्सिना, सहकोषाध्यक्षमा छिरिङ दोर्जे शेर्पा र सचिवमा होमनाथ खड्का निर्वाचित भएका छन्।
सोलुखुम्बु नेचासल्यान घर भएका नवनिर्बाचित अध्यक्ष बास्तोला सन् २०१३–२०१५ मा टानको कार्यसमिति सदस्य तथा सन् २०१७–२०१९ मा द्वितीय उपाध्यक्षमा निर्वाचित भएका थिए ।

