प्रदर्शनीमा नगेनद्वारा ‘रक्सी’ रङ्गको प्रयोगबाट निर्मित चित्रकला



पोखरा । विश्वकलायात्री कलाकार नगेन सिंहले गाईजात्रा एबम कृष्ण जन्माष्टमीको अवसरमा पोखरामा अल्कोहल ईंक(रक्सी रङ्ग) मार्कर माध्यमद्वारा युपो कागजमा निर्मित ११ औं एकल चित्रकला प्रदर्शनीको आयोजना गरेका छन् ।

नगेन आर्ट एकेडेमीको आयोजनामा साउन २६ देखि सुरु भएर भदौं ६ गते सम्पन्न हुने प्रदर्शनीमा कलाकार नगेनको रक्सी रङ्गबाट बनाईएका ‘गाई’ शिर्षकमा २१ वटा कलाकृतिहरु प्रदर्शनीमा राखिएको छ ।

विश्वकलायात्री सिंहको अल्कोहल ईंक (रक्सी रङ्ग) माध्यमद्धारा युपो कागजमा र्सिजित कलाकृतिहरुको एकलरुपमा प्रदर्शन भएको यो पहिलो पटक हो ।

२१वटा कलाकृतिहरुकोआ-आफ्ना कथाहरु छन् । हरेक चित्रले अनेक बिशेषता बोके पनि सन्देश एउटै छ गाई संरक्षण । नयाँ नयाँ प्रयोग गर्न रुचाउने कलाकार सिहंले यस पटक रक्सी रङ्गको माध्यमद्धारा११ औं एकल कला प्रदर्शनी गरेका छन् ।
२ बर्ष पहिला घरको गाई छिर्कनको आजीलाई मम्मीले दिएर पठाएपछि गोठ सधैंको लागि खालि भएपछि एक बर्षको अन्तरालमा र्सिजना गरेको २१वटा गाईका कलाकृतिहरु यस प्रदर्शनीमा राखेको सिहं बताउँछन् ।

कलाकार सिंहले गाई राष्ट्रिय जनावर भएका कारण पनि गाईको महत्व वर्णन गर्न नसकिने बताउनुभयो ।
कलाकार नगेनको यसअघि १० वटा एकल चित्रकला प्रदर्शनी र ५० भन्दा बढि सामुहिक चित्रकला प्रदर्शनी भईसकेको छ ।

कलाकारको एकल कला प्रदर्शनी हरु २०६१ मा व्युटिफुल एक्सपेरियन्स लेखनाथमा, २०६१ मा नै म्याजिक अफ चित्रकला प्रदर्शनी लेखनाथमा, २०६४ मा माई रिजेक्टेड आर्ट चित्रकला प्रदर्शनी काठमाडौंमा, २०६८ मा ईरोटिक ल्यान्डस्केप चित्रकलाप्रदर्शनी पोखरामा , २०७० मा लेखनाथ आर्ट चित्रकला प्रदर्शनी पोखरामा , २०७१ मा बिल्यु एण्ड रेड ल्यान्डस्केप चित्रकला प्रदर्शनी पोखरामा , २०७४ मा सेभेन प्रोभिनेन्स आर्ट चित्रकला प्रदर्शनी पोखरामा , २०७५ मा बुक्स उईथ आर्ट चित्रकला प्रदर्शनी पोखरामा , २०७५मा नगेन आर्टस् ईक्जिबिसन ईन्जिनियरिङ्ग स्टुडेन्ट सोसाइटी चित्रकला प्रदर्शनी पोखरामा सम्पन्न भईसकेका छन् ।
कलाकारकै जिवनीमाआधारित नगेनको नग्न तृष्णा बिरेन्द्र हमालद्धारा र्निदेशित नाटक २०६४ मा पनि मञ्चन भईसकेको छ ।

विश्वकलायात्री सिहंले कलाकार राष्ट्रका गहना होईन, कलाकार राज्यको अभिन्न अंगहो, समाजको महत्वपुर्ण अंग हो र राष्ट्रको सुन्दर अगं हो भनि कलामार्फत जनजागरण फैलाउँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्