गायन तथा संगीतको क्षेत्रमा आफुलाई स्थापित गर्दै मनबहादुर कुलुङ



मनुहाङ किराँती,विगतमा साेलुखुम्बुकाे कर्णाली भनेर चिनिने हालकाे महाकुलुङ गाउँपालिकाको परिचय पछिल्लो समय फेरिंदै जान थालेको छ।

प्राकृतिक सुन्दरताले भरपुर भएपनि सामाजिक चेतना र बिकासले पछि परेका कारण साेलुखुम्बुको कर्णाली भनिए पनि अहिलेको पुष्ताले मात्रात्मक हिसाबमा जिल्लाका अन्य भूभागका नागरिक जस्तै आफुलाई पनि हरेक क्षेत्रमा अब्बल सावित गर्न थालेका छन् ।यसैको परिणाम स्वरुप महाकुलुङबासी युवाहरूले आफुलाई शिक्षा,स्वास्थ्य,प्रशासन र गीत संगीत र साहित्यको क्षेत्रमा स्थापित गर्दै लगेका छन् ।

यिनै मध्ये एक युवा हुन- गायक तथा संगीतकार मन बहादुर कुलुङ। विसं २०५३ सालमा आमा चन्द्रमणि कुलुङ र बुबा राम बहादुर कुलुङकाे कोखबाट जन्मिएका कुलुङ अहिलेका ब्यस्त गायक तथा संगीतकारमा पर्छन् ।

सानै उमेरदेखि गीत संगीत क्षेत्रमा रुचि राख्ने कुलुङले गाउँकै विद्यालयबाट प्रवेशिका परीक्षा उत्तीर्ण गरेका थिए।लेकबेंसी गर्दै आफ्नै गाउँबाट २०६९ सालमा प्रवेशिकासम्मको पढाइ पूरा गरेर काठमाडाैकाे व्यस्त शहर छिरेका उनी औपचारिक रूपमा २०७१ साल देखि गीत र संगीत क्षेत्रमा लागेका हुन्।उनले हालसम्म तीन दर्जन भन्दा बढी गीतमा स्वर र दर्जनौं गीतमा संगीत भरेका छन् ।

‘उडेर गयाे चरीसरी’ ‘सुनिरहन्छु’ ‘तिम्ले मलाई माया गरिरहन्छाै रे’ उनले गाएका चर्चित गीत हुन्।
त्यति मात्र नभएर कुलुङले आफ्नै मातृभाषाका गीत र चलचित्रमा समेत योगदान गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्