झण्डै आत्मदाह गरिन् निहारिकाले राष्ट्रपति कार्यालय अगाडी



काठमाडौं।कुमारी आमा’ निहारिका राजपूत (सोनालीकुमारी सिंह) ले आज (शुक्रबार) आत्मदाहको प्रयास गरेकी छन्।

आफ्ना दुई वर्षीय छोरासहित राष्ट्रपति भवन शीतल निवास अगाडि पुगेर उनले आत्मदाह प्रयास गरेकी हुन्। आत्मदाहका लागि शीतल निवास पुगेर शरीरमा पेट्रोल खन्याएको देखेपछि उनलाई प्रहरीले नियन्त्रणमा लिएको थियो।

महोत्तरीको जलेश्वर नगरपालिका–८ की २१ वर्षीया निहारिका न्याय माग्दै एक सातादेखि आमरण अनशन बस्दै आएकी थिइन्।

यसअघि जेठ-असारमा उनले पाँच बुँदे माग राखेर काठमाडौंको वसन्तपुर दरबार क्षेत्रमा अनशन बसेकी थिइन्। सरकारसँग पाँचबुँदे सहमति भएपछि असार २ गते उनले गृहमन्त्री बालकृष्ण खाणको हातबाट जुस खाएर अनशन तोडेकी थिइन्।

सरकारले असारमा आफूसँग गरेको ५ बुँदे सहमति पालना गर्नुपर्ने माग गर्दै पछिल्लो पटक उनी प्रतिबन्धित क्षेत्रमा अनशन बस्दै आइरहेकी थिइन्। त्यसक्रममा आज आत्मदाहको प्रयास गरेकी हुन्। (फाइल फोटो)

प्रतिक्रिया दिनुहोस्