खुम्बु पासाङल्हामुको वडा नं ५ मा विभिन्न टोल बिकास संस्था गठन



खगिन्द्रराज बास्तोला,सोलुखुम्बु।जिल्लाको खुम्बु पासाङल्हामु गाउँपालिकाको वडा नम्बर ५ का विभिन्न टोल तथा बस्तीहरु समेटेर टोल बिकास संस्था गठन गरिएको छ।

वडाध्यक्ष पासाङ ग्याल्जेन शेर्पाको अध्यक्षतामा सम्पन्न भेलाद्वारा सम्दे, थामे, थामे गुम्ब र थेङबो टोलहरुलाई समेटेर बुधबार पेम्बा ओङगेल शेर्पाको अध्यक्षतामा फापक्षमो टोल बिकास संस्था गठन गरिएको छ। गाउँ कार्यपालिका सदस्य एवं सुसाशन तथा संस्थागत बिकास समिति संयोजक ल्हाक्पा गेल्जेन शेर्पा, प्रवक्ता ल्हाक्पा छिरी शेर्पा, कार्यपालिका सदस्य आङ माया शेर्पा लगायतको उपस्थितिमा गठित १५ सदस्यीय संस्थाको उपाध्यक्षमा पासाङ छिरीङ शेर्पा,सचिवमा ङिमा वोङछु शेर्पा,कोषाध्यक्षमा श्रीमति ङिमा डोमा शेर्पा र सह सचिवमा श्रीमति तेन्जिङ डोमा शेर्पा रहेका छन् ।

सोही दिन वडाध्यक्ष शेर्पाकै अध्यक्षतामा सम्पन्न भेलाले थङमुते, हिलाजुङ, च्यङ्याक्पा, क्यारोग, तरङाग, दिखजुङ, मरालुङ, लुङदेन र आर्या टोलहरुलाई समेटी रेन्जो ला टोल बिकास संस्था गठन गरिएको प्रबक्ता लाक्पाछिरी शेर्पाले जानकारी दिए । सो संस्थाको अध्यक्षमा मिङमा नुरु शेर्पा,उपाध्यक्षमा श्रीमती ङिमा डोल्मा शेर्पा,सचिवमा तेन्जिङ दोर्जी शेर्पा,कोषाध्यक्षमा श्रीमति दावा जाङमु शेर्पा र सह सचिवमा पेमा शेर्पा छन् ।

यस्तै मंगलबार साविक नाम्चे गाबिसका वडा नम्बर १ का टोललाई समेटी नाम्चे युलतेपा र साविक नाम्चेकै वडा नम्बर २ र ३ का टोल समेटी नाम्चे बौद्ध टोल बिकास संस्था गठन भएको छ । प्रबक्ता शेर्पाका अनुसार नाम्चे युलतेपा टोल बिकास समितिको अध्यक्षमा पाल्देन शेर्पा,उपाध्यक्षमा आङ दोर्जी शेर्पा सचिवमा लाक्पा ग्याल्जेन शेर्पा, कोषाध्यक्षमा श्रीमति ङिमा डोमा शेर्पा र सह सचिवमा छिरीङ कान्छी शेर्पा छन् ।त्यस्तै नाम्चे बौद्ध टोल बिकास संस्थाको अध्यक्षमा निपेन प्रधान,उपाध्यक्षमा श्रीमति छिरी फुटी शेर्पा,सचिवमा श्रीमति छिरीङ डोल्मा शेर्पा,कोषाध्यक्षमा श्रीमति आङ डोल्मा शेर्पा र सह सचिवमा सोनाम टाशी शेर्पा रहेको प्रबक्ता शेर्पाले बताए।

मंगलबार नै फुर्ते, सामसिङ, ठेसो, ठमो, थोम्डे, पारे, ठमोतेङ, मेन्दे, किसा, लाउधो, छ्यरोक र गेनुक्पा टोलहरुलाई समेटी क्याजो री टोल बिकास संस्था गठन भएको छ ।संस्थाको अध्यक्षमा दावा तेन्जिङ शेर्पा,उपाध्यक्षमा किरण बाँंनिया सचिवमा फुरा कामी शेर्पा कोषाध्यक्षमा श्रीमति ल्हाक्पा डोमा शेर्पा(B)र सह सचिवमा पासाङ याङजी शेर्पा छन् ।

प्रतिक्रिया दिनुहोस्