नेचासल्यानमा सीटीईभिटीको आंगिक शिक्षालय स्थापना हुने
काठमाडौं।सोलुखुम्बु जिल्लाको नेचासल्यान गाउँपालिकामा प्राबिधिक शिक्षा तथा व्यावसायिक तालिम परिषदले आंगिक शिक्षालय स्थापना गर्ने भएको छ।
संघीय सांसद हेमकुमार राई ‘सुरबीर’ को पहलमा शिक्षा, बिज्ञान तथा प्रविधि मन्त्रालयले परिषदको आंगिक शिक्षालय स्थापना गर्ने निर्णय गरेको हो।परिषदका अध्यक्ष
शिक्षा, बिज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलको अध्यक्षतामा सिंहदरबारमा बसेको १९०ओैं बैठककाे निर्णय अनुसार सो शिक्षालय स्थापना भएपछि त्यसले बढ्दो बेरोजगारी समस्या हल गर्न सहयोग पुर्याउने सांसद राईले बताए।
सीपमूलक र प्राबिधिक ज्ञानको अभावमा युवाहरुले भौंतारिएर हिंड्नु नपरोस् भन्ने उद्देश्यका साथ आफुले परिषदको आंगिक शिक्षालय स्थापनाका लागि पहल गरेको बताउंदै राईले त्यसबाट उत्पादित जनशक्ति आफूमात्र नभई अरुलाई पनि रोजगार दिनसक्ने बन्ने आफ्नो अपेक्षा आफ्नो रहेको बताए ।आफुले ठूलो प्रयास गरेर शिक्षालय खोल्ने निर्णय गराउन सफल भएको भएपनि त्यसको कार्यान्वयनका लागि सबैको सहयोग आवश्यक रहेको राईले बताए।