टान अध्यक्षका लागि चुनावी मैदानमा बास्तोला,टानलाई विशुद्ध व्यावसायिक संस्था बनाउने उद्घोष



काठमाडौ । पर्वतीय पर्यटन व्यवसायीहरुको छाता सङ्गठन ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान)को अध्यक्षका लागि पर्यटन ब्यबसायी निलहरी बास्तोला चुनावी मैदानमा छन्।

एशियन हेरिटेज ग्रुपमार्फत लामो समयदेखि पर्वतीय पर्यटनको क्षेत्रको बिकासमा योगदान पुर्‍याउँदै आएका बास्तोलालाई आगामी साउन ३० गते हुने निर्बाचनमा नेपाल पर्यटन व्यवसायी संघ र नेपाल लोकतान्त्रिक पर्यटन व्यवसायी संघको साथ रहने बताइएको छ ।

टानका पूर्व द्वितीय उपाध्यक्ष समेत भइसकेका बास्तोलाले परिवर्तित अवस्थामा टानलाई विशुद्ध व्यावसायिक संस्थाका रुपमा विकास गर्नका लागि आफूले अध्यक्ष पदमा उम्मेदवारी दिएको बताएका छन् । पर्वतीय पर्यटन विकासका लागि ठोस कार्ययोजनासहित आफू निर्वाचनको मैदानमा होमिएको उनको भनाई छ ।

बाँस्तोलाले पर्यटन क्षेत्रलाई गुणस्तरीय र दक्ष मानव स्रोतसाधनयुक्त बनाउन आवश्यक रहेको बताउँदै वास्तोलाले टानको नेतृत्वमा पुगेपछि क्यालेन्डर बनाएर संस्थागत सुधारको काम गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन् । व्यवसायीले चाहेका बेला एकै थलोबाट आवश्यक किताव, फोटो, भिडियो लगायत सामग्री सहजै उपलब्ध गराउने उद्देश्यले टानमा इ– लाइब्रेरी स्थापना गर्ने उनको योजना छ ।

करिब एक हजार ८०० सदस्य रहेको टानको आगामी ४४औँ साधारणसभा एवं निर्वाचनबाट नयाँ कार्यसमिति चयन हुनेछ । टानको अध्यक्ष, पदाधिकारी र सदस्य गरी कूल २५ सदस्यीय कार्य समितिमध्ये १७ निर्वाचित र बाँकी सदस्य मनोनित गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्