नेचासल्यानमा ग्रामीण आँखा केन्द्र स्थापना गरिने



सोलुखुम्बु। नेचासल्यान गाउँपालिकामा ग्रामिण आँखा केन्द्र स्थापना हुने गरिने भएको छ।

यसै बर्ष भित्र केन्द्र स्थापना गर्ने गरि नेपाल आँखा कार्यक्रम, जिल्ला सामुदायिक आँखा केन्द्र, सोलुखुम्बु र नेचा सल्यान गाउँपालिकाबीच बुधबार दुई पक्षीय सम्झौता सम्पन्न भएको छ। जिल्ला सामुदायिक आँखा केन्द्र सोलुखुम्बुका तर्फबाट अध्यक्ष ङिमातेन्डुप शेर्पा र नेचासल्यान गाउँपालिका उपाध्यक्ष बिना राईले सो सम्बन्धि सम्झौता पत्रमा हस्ताक्षर गरेको आँखा केन्द्र सोलुखुम्बुका प्रमुख पुष्पबाबु बस्नेतले जानकारी दिए ।

बस्नेतका अनुसार यसअघि जिल्लाको माप्य दुधकोशी गाउँपालिका, थुलुङ दुधकोशी गाउँपालिका र सोताङ गाउँपालिकामा ग्रामिण आँखा केन्द्र सञ्चालनमा आइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्