युवा वर्ष आधारभूत विद्यालय मन्जुमा नयाँ व्यवस्थापन समिति




सोलुखुम्बु।युवा वर्ष आधारभूत विद्यालय मन्जुको व्यवस्थापन समिति गठन गरिएको छ ।

खुम्बु पासाङल्हामु गाउँपालिकाको शिक्षा ऎन २०७९ को दफा २० तथा शिक्षा नियमावली २०७९ को नियम २६ को अधिनमा रही सोमबार गठन गरिएको समितिमा अभिभावकहरुले आफूहरू मध्येबाट छानि पठाएका ५ जना सदस्यहरूमा पासाङ फुटी तामाङ, पेमा याङ्जी शेर्पा (महिला सदस्य ), सोनाम तेन्जिङ शेर्पा, रामकाजी मगर ( पुरुष सदस्य ) र कल्पना घतानी दलित सदस्य रहनुभएको छ भने सम्बन्धित वडा अध्यक्ष वा निजले तोकेका वडा सदस्य मध्येबाट १ वडा सदस्यमा कामीछिरी शेर्पा, विद्यालय संस्थापक बुद्धिजीवीहरु मध्येबाट आङ दोर्जी शेर्पा, शिक्षाप्रेमी चन्दादाता मध्येबाट लाक्पा छम्जी शेर्पा , शिक्षकहरु मध्येबाट खगिन्द्रराज बास्तोला र सदस्य सचिव प्रधानाध्यापक गोकर्ण राई रहनुभएको छ ।

खुम्बु पासाङ्ल्हामु गाउँपालिकाको शिक्षा ऎन र शिक्षा नियमावलीमा उल्लेख भए अनुसार ५ जना अभिभावक र छ्नोट भएको जनप्रतिनिधि मध्येबाट शिक्षा समितिले व्यवस्थापन समितिको अध्यक्ष तोकिने व्यवस्था रहेको छ । अभिभावकहरुको भेलामा खुम्बु पासाङल्हामु गाउँपालिका-३ का अध्यक्ष नुरु जाङ्बु शेर्पा, गाउँ पालिकाका सामाजिक विकास समिति संयोजक लाक्पाछिरी शेर्पा, सदस्य लाक्पा ग्याल्जेन शेर्पा , वडा नं. ३ का वडा सदस्य कामीछिरी शेर्पा र कार्यालय सहायक सौगात रानामगरको विशेष उपस्थिति रहेको थियो । भेला निवर्तमान व्यवस्थापन समितिका अध्यक्ष फुर्तेम्बा शेर्पाको अध्यक्षतामा भएको थियोे ।

प्रतिक्रिया दिनुहोस्