खुम्बु पासाङल्हामु : वडा नं-३ का विभिन्न बस्ती समेटेर टोल बिकास संस्था गठन
खगिन्द्र राज बास्तोला,सोलुखुम्बु। गाउँपालिका भित्रका सबै वडाका विभिन्न टोल र बस्तीहरुमा टोल बिकास संस्था गठन गर्ने गाउँपालिकाको निर्णय अनुसार वडा नं-३ का विभिन्न टोल तथा बस्तीहरुमा टोल बिकास संस्था गठन गरिएको छ।
वडाध्यक्ष नुरु जाङ्बु शेर्पाको अध्यक्षता तथा कार्यपालिका सदस्य लाक्पा ग्याल्जेन शेर्पा र प्रवक्ता लाक्पाछिरी शेर्पाको विशेष उपस्थितिमा बसेको बैठकले खुम्बु पासाङल्हामु गाउँपालिका- ३ का टोलबस्तीहरुलाई समेटी २ ओटा टोल विकास संस्थाको गठन गरेको छ । वडा नं. ३ को बेङ्कर, छुमा, गेरिङमा र बागादिङ टोलहरुलाई समेटी छुमा बेङ्कर टोल विकास
संस्थाको गठन गरी संस्थाको कार्यक्षेत्र समेत तोकिएको छ । सोनाम तेन्जिङ शेर्पाको अध्यक्षतामा गठित १३ सदस्यीय छुमा बेङ्कर टोल विकास संस्थाको उपाध्यक्षमा लाक्पा ग्याल्जेन शेर्पा, सचिब मिङ्मा डोमा शेर्पा, कोषाध्यक्ष रामकाजी मगर, सहसचिव लाक्पा तेन्जी तामाङ रहेका छन् भने सदस्यहरुमा क्रमशः पेम्बातेन्डी शेर्पा, पासाङनुरु शेर्पा, पासाङदिकी शेर्पा, आङ ल्हेमी शेर्पा, पेमा याङ्जी शेर्पा, छिरिङ डोल्मा शेर्पा, ग्याल्जेन तामाङ र कान्छी फुटी शेर्पा रहेको गाउँपालिका प्रवक्ता लाक्पाछिरी शेर्पाले जानकारी दिए ।
त्यस्तै, मन्जु, तावा, जोरसल्ले टोललाई समेटी चार किल्ला तोकेर दावा ग्याल्जेन शेर्पाको अध्यक्षतामा १३ सदस्यीय गेलुछेवा टोल विकास समिति गठन गरिएको छ । जसको उपाध्यक्षमा ङवाङगेले शेर्पा, सचिब पेम्बादोर्जी शेर्पा, कोषाध्यक्ष डोल्मादिकी शेर्पा, सहसचिव फुर्तेम्बा शेर्पा रहेका छन् भने सदस्यहरुमा क्रमशः रन्जिता कार्की( सुनुवार), आङ दोर्जी शेर्पा, बिमला राई, फुराकान्छी शेर्पा, ङिम तेन्जी शेर्पा, पासाङ तेन्जी शेर्पा, याङ्डी ल्हामु शेर्पा ङा छिरिङ शेर्पा रहेको पालिकाका सुशासन तथा संस्था विकास संयोजक लाक्पा ग्याल्जेन शेर्पाले बताए ।
यसैगरी, मिङ्मा नुरु शेर्पाको अध्यक्षतामा १५ सदस्यीय दाडेवु छोक्पु टोल विकास संस्था, दागेल्जी शेर्पाको अध्यक्षतामा ११ सदस्यीय जम्बला टोल विकास संस्था, नुर्वु ठिले शेर्पाको अध्यक्षतामा ११ सदस्यीय युल्ङीङ टोल विकास संस्था, दावा जाङ्वु शेर्पाको अध्यक्षतामा ११ सदस्यीय टोल विकास संस्था, ङवाङ थोमे शेर्पाको अध्यक्षतामा १५ सदस्यीय फाक्दिङ टोल विकास संस्था, ङवाङ थाक्पे तामाङको अध्यक्षतामा रिमिजुङ टोल विकास संस्था र फुरा सोनाम शेर्पाको अध्यक्षतामा १३ सदस्यीय फरी टोल विकास संस्था गठन गरिसकिएको पालिका प्रवक्ता लाक्पा छिरी शेर्पाको भनाई छ।