वैद्य र बास्तोलाबीच पार्टी एकता गर्ने सहमति,१२ सदस्यीय संयोजन समिति गठन
काठमाडौँ। धर्मेन्द्र बास्तोला संयोजक रहेको नेकपा बहुमत र मोहन वैद्य महासचिव रहेको नेकपा(क्रान्तिकारी माओवादी) बीच पार्टी एकताका लागि १२ सदस्यीय संयोजन समिति गठन गरिएको छ। तत्कालीन माओवादीमा रहेका दुई घटककाका शीर्ष नेतृत्व सहभागी बैठकले शुक्रबार पार्टी एकता गर्ने सहमति गरेसंगै संयोजन समिति गठन गरिएको हो।
समितिमा क्रान्तिकारी माओवादीका तर्फबाट महासचिव वैद्यसहित सीपी गजुरेल, हरिभक्त कँडेल, परी थापा, इन्द्रमोहन सिग्देल र रामसिंह श्रीश रहेका छन् भने नेकपा बहुमतबाट समितिमा संयोजक बास्तोलासहित हेमन्तप्रकाश वली, दीपक चलाउने, गुणराज लोहनी, कृष्ण धमला र देवकला अधिकारी सदस्य रहेको महासचिव वैद्य र संयोजक बास्तोलाद्वारा जारी संयुक्त प्रेस विज्ञप्तिमा जनाइएको छ। ।