नेकपा एमाले सोलुखुम्बुले साउन २८ गते बिशेष प्रशिक्षण आयोजना गर्ने



सोलुखुम्बु।नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले साउन २८ गते बिशेष प्रशिक्षण कार्यक्रमको आयोजना गर्ने भएको छ।

पार्टीका केन्द्रीय नेताहरुको उपस्थितिमा साउन २७ गते जिल्ला कमिटी सचिवालयको बिशेष बैठक सम्पन्न गरि २८ गते प्रशिक्षण कार्यक्रम आयोजना गर्न लागिएको सचिब आशकुमार राई ‘शिशिर’ ले जानकारी दिए।सचिब राईका अनुसार जिल्ला समन्वय समितिको हलमा आयोजना गरिने कार्यक्रममा आगामी कार्ययोजना अन्तरपार्टी निर्देशन-४ ले निर्दिष्ट गरेका विभिन्न बिषयमा राजेन्द्र गाैतम, जिवन घिमिरे, भानुभक्त ढकाल, चिन्तन पाठक लगायतका केन्द्रीय नेताहरुले प्रशिक्षण दिने कार्यक्रम तय भएको छ।

जिल्ला कमिटीका पदाधिकारी तथा सदस्य,जनसंगठनका प्रदेश सदस्य तथा जिल्ला पदाधिकारी, पालिका कमिटीका पदाधिकारी,निर्बाचित वडाध्यक्षसम्मका जनप्रतिनिधि र पार्टी वडा कमिटी अध्यक्ष लगायत जिल्ला कमिटीले निर्धारण गरे अनुसारका अन्य सदस्यहरु सहभागी हुने प्रशिक्षणमा केन्द्रीय नेताहरुले स्थानीय निर्बाचनका सन्देश,शिक्षा र आगामी निर्बाचनको तयारी,बर्तमान राजनीतिक शक्ति सन्तुलन,पार्टीको सामर्थ्य बिस्तार र मुलुकको मुख्य शक्तिका रूपमा नेकपा एमालेको भूमिका अभिबृद्दी तथा पार्टी र जनप्रतिनिधिको अन्तरसम्बन्ध लगायतका बिषयमा प्रशिक्षण दिने बताईएको छ।

प्रतिक्रिया दिनुहोस्