मंसिर ४ गते निर्बाचन गर्ने सरकारको निर्णय,प्रदेश तथा प्रतिनिधिसभा निर्बाचन एकै चरणमा हुने



काठमाडाैँ । सरकारले प्रदेश सभा र प्रतिनिधि सभाकाे निर्वाचन आगामी मंसिर ४ मा एकैचरणमा गर्ने निर्णय गरेकाे छ । यसबारे बिहीबार बसेकाे मन्त्रिपरिषद् बैठकले निर्णय गरेकाे हाे ।
यसअघि बुधबार सत्तारुढ गठबन्धनका शीर्ष नेताहरू मंसिर ४ मा नै प्रदेश र प्रतिनिधि सभा निर्वाचन गर्न सहमत भएका थिए ।निर्वाचन आयाेगले मंसिर २ देखि ५ गतेभित्रकाे समयमा सिफारिस गर्न सुझाव दिएकाे थियाे । साेहीअनुरूप नै सरकारले मंसिर ४ का लागि सिफारिस गरेकाे हाे ।

२०७४ सालमा प्रदेश र प्रतिनिधिसभाकाे निर्वाचन दुईचरणमा भएकाे थियाे ।

निर्वाचनको मिति घोषणासँगै कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकार स्वतः कामचलाउमा परिणत भएको छ ।

प्रतिक्रिया दिनुहोस्