चिनियाँ नागरिक बन्धक बनाएर एक करोड फिरौती माग्ने ६ नेपाली पक्राउ



काठमाडौं।चिनियाँ नागरिकलाई अपहरण गरी फिरौती माग्ने ६ नेपालीलाई प्रहरीले गोंगबुबाट नियन्त्रणमा लिएको छ।

ठमेलस्थित आफ्नै फ्लाइटबाट ती व्यक्तिलाई अपहरणकारीले अपहरण गरी गोंगबु पुर्‍याएका थिए। गोंगबुमा बन्धक बनाएर १ करोड फिरौती मागेको कसूरमा उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता भरत बोहराले जानकारी दिए।

अपहरणमा संलग्नहरूबाट ८ लाख नगद र २७ वटा मोबाइल पनि नियन्त्रणमा लिएको उनले बताए। बुधबार राति एक चिनियाँ नागरिक ठमेलबाट अपहरणमा परेका थिए। अपहरणमा अन्य व्यक्ति पनि संलग्न रहेकोमा ती व्यक्तिहरूको खोजी भइरहेको जानकारी परिसरले दिएको छ।

प्रतिक्रिया दिनुहोस्