एसईईमा’सी’ग्रेड भन्दा कम ल्याउने विद्यार्थीको ग्रेड वृद्धि परीक्षा भदौमा



काठमाडौं।माध्यमिक शिक्षा परीक्षा (एसईई) ग्रेड वृद्धि परीक्षा भदौ ११ र १२ गते हुने भएको छ। सी वा सोभन्दा कम ग्रेड प्राप्त गर्नेले ग्रेड वृद्धि परीक्षा दिन पाउने छन्।

राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १० का परीक्षा नियन्त्रक अर्जुनबहादुर रायमाझीले बोर्डको बैठकले भदौ ११ र १२ गते परीक्षा गर्ने निर्णय भएको जानकारी दिएका छन्।बोर्डले गत वैशाख महिनामा लिइएको कक्षा १० को परीक्षाफल बुधबार प्रकाशित गरेको थियो। करिब ४ लाख ९६ हजार परीक्षामा सहभागीमध्ये १०३ जनाको परीक्षा रद्द भएको थियो।

अघिल्ला दुई वर्ष कोभिड सङ्क्रमणका कारण विद्यालयहरूले गरेका आन्तरिक मूल्याङ्कनकै आधारमा बोर्डले परीक्षाफल प्रमाणीकरण गरिदिएको थियो। यसपालि विद्यार्थीहरूले सशरीर उपस्थित भएर परीक्षा दिएका थिए।

प्रतिक्रिया दिनुहोस्