बरको रुखमा झुन्डिएको अवस्थामा भेटिए नेचासल्यानका एक पुरुष



डिल्ली शर्मा,सोलुखुम्बु।जिल्लाको नेचासल्यान गाउँपालिका वडा नं-३ स्थित बरडांँडामा एक पुरुष झुण्डिएको अवस्थामा फेला परेका छन् ।

बरको रुखमा झुण्डिएको अवस्थामा फेला परेका अन्दाजी ४५ बर्षीय पुरुष सोही स्थानका भीमराज राउत भएको बताइएको छ।परिवारलाई उदृत गर्दै स्थानीयले जनाए अनुसार राउत आज बिहान ४ बजे घरबाट निस्किएका थिए।घरबाट निस्किएको केहि बेरमै उनलाई बरको रुखमा झुण्डिएको अवस्थामा भेटिएको स्थानीयले बताए।

घटनाको अनुसन्धानका लागि प्रहरी निरीक्षकको नेतृत्वमा एउटा टोली घटनास्थल पठाइएको जिल्ला प्रहरी प्रमुख सुनिलजंग शाहले जानकारी दिए।प्रहरी टोलि पुगेर अध्ययन गरेपछि घटनाको बिस्तृत आउने प्रहरी नायब उपरीक्षक शाहको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्