प्रदेश १ लाई सगरमाथा प्रदेशको नामबाट नामकरण गर्न कांग्रेस नेता केसीको अनुरोध

केदार बस्नेत काठमाण्डौं।नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पुर्वमन्त्री बलबहादुर केसीले प्रदेश नम्बर १ को नाम सगरमाथा राख्नुपर्ने बताउनुभएको छ।सामाजिक सञ्जालमा मंगलबार एक स्टाटस पोष्ट गर्दै केसीले सगरमाथाले विश्वलाई नै प्रतिनिधित्व गर्ने उल्लेख गरेका छन्।सामाजिक सद्भाव र एकता अक्षुण्ण राख्दै १ नं प्रदेशलाई यथाशीघ्र सगरमाथा प्रदेशको नामबाट नामकरण गर्न प्रदेश सरकार र सांसदहरूलाई आग्रह गर्नुभएको छ।

विश्वकै सर्वोच्च शिखर सगरमाथा रहेको यो प्रदेश प्रदेशमा १४ वटा जिल्लाहरु रहेका छन्।पहिचानको मुद्दालाई अगाडि सार्दा सो प्रदेशको नाम प्रदेशसभा गठन भएको ५ बर्ष बित्न लाग्दा समेत नामाकरण हुन सकेको छैन।९३ प्रदेश सांसद रहेको उक्त प्रदेशमा एमालेसँग ३९, नेपाली कांग्रेससँग २१, माओवादी केन्द्रसँग १५, नेकपा एकीकतृ समाजवादीसँग १०, जसपासँग ३ र राप्रपा र संघिय लोकतान्त्रीक राष्ट्रिय मञ्चसँग एक–एक सांसद रहेका छन् ।

