रुख ढलेर सवारीसाधन किच्दा सल्लाघारीमा तीन जनाको मृत्यु ,दर्जन बढी घाइते
भक्तपुर । आइतबार भक्तपुरको सल्लाघारीमा सडक छेउको रूख ढलेर सवारीसाधनलाई किच्दा तीन जनाको मृत्यु भएको छ । सडकमा गुडिरहेको एउटा यात्रुबाहक मिनीबस र स्कुटरमाथि रुख बज्रिँदा तीन जनाको मृत्यु भएको हो भने एक दर्जनभन्दा बढी घाइते भएका हुन् ।

रुख ढलेर सडकमा गुडिरहेको यात्रुबाहक बसमा पर्दा गाडीमा रहेका दुई जनाको मृत्यु भएको छ भने स्कुटरलाई थिच्दा स्कुटरमा सवार एक जनाको मृत्यु भएको हो । ट्रफिक प्रहरी कार्यालय सल्लाघारी भक्तपुरका प्रमुख राजु कार्कीले घटनामा परेर तीन जनाको मृत्यु र एक दर्जनभन्दा बढी घाइते भएको बताए ।

