प्रदेश १ को नाम सबैले सम्मान र स्वीकार गर्ने ‘साझा’ हुनुपर्छ : अध्यक्ष राई



सोलुखुम्बु।जिल्लाको नेचासल्यान गाउँपालिकाका अध्यक्ष धञ्जन राईले १ नम्बर प्रदेशको नामाकरणमा अनावश्यक विवाद खडा गर्नु उपयुक्त नहुने बताउनुभएको छ।

प्रदेशको नामाकरणका लागि अन्तिम कसरत भई रहेका बेला प्रदेश १ को नाम सबैलाई मान्य हुने किसिमको साझा राख्नुको विकल्प नरहेको बताउंदै अध्यक्ष राईले सो कुरा बताउनुभएको हो।’सगरमाथा’ ‘कोसी’ ‘सप्तकोसी’ जस्ता नाममा सहमति जुटाएर नामाकरण गर्नु सबै भन्दा उत्तम हुने बताउंदै वहाँले रहस्य खबरसंग भन्नुभयो,- ‘पहिचानको मुद्दा द्वन्द्वका लागि आमन्त्रण मात्रै हो।’

‘विभिन्न जातजाति,भाषाभाषी र धर्म सम्प्रदायको मिश्रित बसोबास रहेको ठाउँमा जाति बिशेष र धर्म बिशेषलाई आधार बनाउंदा त्यसले द्वन्द्व निम्त्याउन सक्ने बताउंदै अध्यक्ष राईले भन्नुभयो,-त्यसैले हामीले साझा नाममा जोड गरेका हौं । ‘सगरमाथा’ ‘कोसी’ या ‘सप्तकोसी’ जस्ता सम्पदाका नाममा प्रदेशको नामाकरण गर्दा यसमा सबैले अपनत्व महसुस गर्ने उहाँको भनाई थियो।वहाँले सबैका लागि स्वीकार्य हुने र सबैको सम्मान हुने किसिमको नाम छनौट गर्न प्रदेशसभा सदस्यहरुलाई आग्रह समेत गर्नुभयो।

प्रदेशसभा गठन भएको ५ बर्ष बित्न लाग्दा समेत प्रदेशको नामाकरण हुन नसक्नुमा सबै पक्ष जिम्मेवार रहेको बताउंदै अध्यक्ष राईले अहिले पनि बिषयबस्तुलाई अन्यत्रै मोड्न खोज्नु गैर जिम्मेवारीको पराकाष्ठा भएको बताउनुभयो।नामाकरणमै अवरोध पुग्ने गरी गिजोल्ने र किचोल्ने काम कसैका लागि पनि फाईदाजनक हुंदैन,-वहाँले भन्नुभयो।

प्रतिक्रिया दिनुहोस्