सगरमाथा राष्ट्रिय निकुञ्जले मनायो स्थापना दिवस, विभिन्न ब्यक्तित्व सम्मानित
खगिन्द्र राज बास्तोला, सोलुखुम्बु ।सगरमाथा राष्ट्रिय निकुञ्जको ४६ औँ स्थापना दिवस मनाइएको छ । खुम्बु पासाङल्हामु गाउँपालिका वडा नम्बर ४ खुम्जुङ गुम्बामा विविध कार्यक्रमको आयोजना गरी बुधबार सो दिवस मनाइएको हो ।

दिवसको अवसरमा छोयु मध्यवर्ति क्षेत्र उपभोक्ता समूहका अध्यक्ष पासाङ नुरु शेर्पा, फोर्चे आधारभूत विद्यालयका प्रधानाध्यापक देवेन्द्र बास्तोला, र सगरमाथा राष्ट्रिय निकुञ्ज कार्यालय अन्तर्गत जोरसल्ले प्रवेशद्वारका सिनियर गेमस्काउट जिवन तामाङलाई १५ हजार रुपैयाँ नगदका साथमा प्रमाण पत्रसहित सम्मान गरिएको छ ।
यस्तै सगरमाथा राष्ट्रिय निकुञ्ज अन्गष्तग खम्जु रेञ्जपोष्टमा कार्यरत बन्दना राई र सगरमाथा राष्टिय निकुञ्ज कार्यालयमा कार्यरत गेम स्काउट विष्णुमणि दाहाललाई १२ हजार रुपैयाँ नगदसहित सम्मान पत्र प्रदान गरिएको निकुञ्जले जनाएको छ।
यसैगरी खुम्बिल्युहा मध्यवर्ति क्षेत्र उपभोक्ता समितिको कार्यक्रम अन्तर्गत नावा प्रथा प्रवर्द्धन गर्ने सिलसिलामा खुम्जुङ, खुन्दे, फोर्चे तथा पाङबोचेमा क्रियाशिल २० जना नावाहरुलाई प्रोत्साहन स्वरुप जनही २० हजार रुपैँया रकम वितरण गरिएको छ ।
४६ वटा बिरुवा रोपेर उद्घाटन गरिएको कार्यक्रम सगरमाथा राष्ट्रिय निकुञ्ज मध्यवर्ति क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष छिमी छिरीङ शेर्पाको प्रमुख आतिथ्य साथै सगरमाथा राष्ट्रिय निकुञ्ज कार्यालयका प्रमुख संरक्षण अधिकृत भूमिराज उपाध्यायको सभापतित्वमा सम्पन्न भएको थियो । निकुञ्जले साउन ४ गते हरेक बर्ष स्थापना दिवस मनाउंदै आएको छ।

