लोकसेवा आयोगबाट पदपूर्ति भएर कर्मचारी नआउँदासम्म करारका कर्मचारी नहटाउन महासंघको आग्रह



काठमाडौं।गाउँपालिका राष्ट्रिय महासंघ नेपालले स्वीकृत दरबन्दी अनुसारका कर्मचारीहरुको लोकसेवा/प्रदेश लोकसेवा आयोगबाट भएर नआएसम्म हाल कार्यरत अस्थायी र करार कर्मचारीहरुलाई निरन्तरता दिन स्थानीय सरकारलाई आग्रह गरेको छ।

राजनीतिक आस्थाका आधारमा नवनिर्बाचित जनप्रतिनिधिहरुले करार कर्मचारीहरु एकमुष्ट रूपमा हटाइरहेका बेला महासंघले बुधबार बिज्ञपति जारी गर्दै कार्य सम्पादन मूल्यांकनका आधारमा करारका कर्मचारीको म्याद थप गरि स्थानीय सरकारको काम प्रभावकारिता ल्याउन आग्रह गरेको हो।

कार्यक्षमताको मूल्यांकन नगरी एकमुष्ट रूपमा करारका कर्मचारी हटाउने र पुनः सोही पदमा करार नियुक्त गरिनु न्यायिक तथा रोजगारी हकको दृष्टिकोणबाट समेत उपयुक्त नहुने महासंघका अध्यक्ष होमनारायण श्रेष्ठ र महासचिव बंशलाल तामाङद्वारा जारी बिज्ञप्तिमा उल्लेख गरिएको छ।

प्रतिक्रिया दिनुहोस्