कांग्रेसको मुख्य सचेतकमा यादव तथा सचेतकमा विश्वकर्मा नियुक्त
केदार बस्नेत।नेपाली कांग्रेसका सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाले मुख्य सचेतक र सचेतक नियुक्त गर्नुभएको छ।चित्रालेखा यादवलाई मुख्य सचेतक र मीनबहादुर विश्वकर्माले सचेतकको जिम्मेवारी पाउँनु भएको हो।

यसअघिका मुख्य सचेतक बालकृष्ण खाँण गृहमन्त्री भएपछि उक्त पद रिक्त थियो भने केहिदिन अगाडि पार्टीको सचेतक रहेकी पुष्पा भुसाल उपसभामुखमा निर्वाचित भएपछि सचेतक पदमा विश्वकर्मालाई नियुक्त गरिएको हो ।
चित्रालेखा यादवले उपसभामुख तथा उक्त कांग्रेसको कोषाध्यक्षको जिम्मेवारी पहिले नै सम्हालिसक्नु भएको छ भने मिन विश्वकर्मा कांग्रेस केन्द्रीय सदस्य हुनुहुन्छ ।

