कोरोना संक्रमणका कारण धरानमा एक महिलाको मृत्युु


स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा.समीरकुमार अधिकारीका अनुसार धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आइतबार ५६ वर्षीया महिलाको मृत्यु भएको हो । मृतक महिलाले कोरोनाविरुद्ध कुनै खोप नलगाएको खुलेको छ ।
कोरोना संक्रमणबाट हालसम्म ११ हजार ९ सय ५३ जनाको मृत्यु भइसकेको छ ।
३ जेठ २०७७ मा पहिलो पटक सिन्धुपाल्चोक बाह्रबिसे– राम्चेकी २९ वर्षीया एक सुत्केरीको धुलिखेल अस्पतालमा मृत्यु भएको थियो । (सांकेतिक तस्बिर)

