चुनावमा गठबन्धन गरेर होइन, नगरी कांग्रेसले बहुमत ल्याउन सक्छ : केसी
सानेपा।नेपाली कांग्रेसका केन्द्रीय सदस्य बलबहादुर केसीले नेपाली कांग्रेसले चुनावअघि गठबन्धन गरेपनि चुनावपछि भने कम्युनिस्टहरू मिलेर सरकार बनाउँने दावी गरेका छन् ।

पार्टीको जारी केन्द्रीय समितिको बैठकमा आफ्नो धारणा राख्दै केन्द्रीय सदस्य केसीले बिहीबार सो दाबी गरेका हुन् । गठबन्धनका कारण अहिले पार्टी पहिलो बनेपनि बहुमतको पार्टी बनाउन त्यति सहज नभएको उनको भनाई थियो।नेता केसीले चुनावमा गठबन्धन गरेर होइन, नगरेर पार्टीले बहुमत ल्याउन सक्ने बताएका थिए।यहाँ आगामी निर्वाचनबाट बहुमतको पार्टी बनाउने कुरा उठेको छ । उनले भने, ‘अहिले यहाँ जसरी बैठकमा छलफल भइरहेको छ, यही प्रस्तुतिले पार्टीले बहुमत पाउँछ भन्ने लाग्दैन ।
आगामी निर्वाचनमा बहुमत ल्याउने उद्देश्य राख्ने तर पार्टीभित्रैका शक्तिहरूलाई एकताबद्ध गर्न नसक्ने प्रवृत्ति हानिकारक रहेको उनको भनाइ थियो।
बैठकमा सहभागी एक नेताका अनुसार केसीले हिजो गठबन्धन नगरौँ भन्ने सभापति देउवा अहिले गठबन्धन भनेपछि मरिहत्ते गर्ने अवस्थामा कसरी पुग्नुभयो भन्ने प्रश्न समेत गरेका थिए। ‘यो गठबन्धन जति बेला भयो, त्यो बेला मुलुकको संविधान बचाउनुपर्ने अवस्था थियो । हामी संविधान बचाउन गठबन्धन गरौँ भन्दा तपाईं नै हो, गठबन्धन नगरौँ भन्ने । त्यो बेला प्रचण्ड र माधव नेपालहरूले तपाईंलाई गठबन्धन गरौँ भनेर ल्याएका हुन्,’ केसीले अघि भने, ‘अहिले तपाईं आफैँ गठबन्धन गरौँ भनेर हिँड्नुभएको छ । मलाई त अहिले हामीले गठबन्धन नगर्दा कम्युनिस्टहरूको एकता हुन्छ जस्तो लाग्दैन ।(फाईल फोटो)

