काठमाडौं जिल्ला अदालत बारको अध्यक्षका लागि कुँडारेको उम्मेदवारी ,यस्ता छन् प्रतिबद्धता



काठमाडौं।अधिबक्ता हरिप्रसाद कटेल (कुँडारे) ले नेपाल बारलाई सबै किसिमका राजनीतिक हस्तक्षेपबाट मुक्त गर्दै कानुन ब्यबसायलाई स्वतन्त्र र मर्यादित बनाउनका लागि आफुले काठमाडौं जिल्ला बार एसोसिएसनको अध्यक्षमा उम्मेदवारी दिएको बताएका छन्।

यही असार ३२ गते हुने निर्बाचनका लागि अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका कुँडारेले न्याय क्षेत्रमा झाँगिदै गएको बिकृति र बढ्दै गएको भ्रष्टाचारको प्रमुख कारण राजनीति र सांगठनिक अराजकता भएको बताउंदै त्यसको अन्त्यका लागि कानुन ब्यबसाय र ब्यबसायीहरुलाई स्वतन्त्र र मर्यादित बनाउन राजनीतिक हस्तक्षेपमुक्त बनाउनु जरुरी रहेको बताएका हुन।त्यसका लागि नाताबाद र कृपाबादका आधार मा असक्षम र अयोग्य ब्यक्तिहरुलाई अनुचित लेनदेनका आधारमा न्यायाधीश नियुक्त गर्ने परिपाटीको अन्त्यका लागि नेपाल बारसंग समन्वय गरेर निर्मम प्रयत्न गर्दै इतिहासमा न्यायीक शुद्धीकरणका लागि नयाँ अध्यायको प्रारम्भ गर्ने आफ्नो योजना रहेको कुँडारेले बताए।

कुँडारेले काठमाडौं जिल्ला बारलाई प्रबिधिमैत्री बनाउने,प्रबन्धपत्र,नियमावली लगायत अन्य महत्त्वपूर्ण कानुनी लिखतहरुमा कानुन ब्यबसायीहरुको दस्तखत अनिबार्य गर्न नेपाल सरकारलाई दवाव दिने,विभिन्न माध्यमबाट कोषमा जम्मा भएको रकम अनावश्यक खर्च हुनबाट बचाउने र खर्छ विवरणलाई पारदर्शी बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

यसैगरी नवोदित कानुन ब्यबसायीको पेशागत दक्षता अभिबृद्दिका लागि ३ महिनासम्म सबै किसिमका मुद्दाको मिसिल अध्ययन प्रशिक्षण स्कुल सञ्चालन गर्ने,अदालतसंग समन्वय गरेर मुद्दाका सन्दर्भमा हुने बिचौलियाको चलखेल,अवान्छित र अनुचित कार्य तत्काल नियन्त्रण गर्न पहल गर्ने तथा मुद्दा दर्ता देखि फैसलासम्म कानुन ब्यबसायीहरुलाई अनावश्यक झन्झट र हैरानी अन्त्य गर्न अदालतसंग समन्वय गर्ने लगायत १५ बुंदे प्रतिबद्धता आफुले अगाडि सारेको उनको भनाई छ।

प्रतिक्रिया दिनुहोस्