चिनियाँ कम्युनिस्टका कारण नेपालको प्रजातन्त्र र मानवअधिकार संधै खतरामा : सिद्धार्थ गौतम



काठमाडौँ।राजधानीमा आयोजित एक अन्तरक्रियाका बक्ताहरुले विश्वभर गरिबी,आतङ्क र साम्यवादका कारण मानवअधिकारमा ठूलो चुनौती थपिदैं गएको भन्दै चिन्ता व्यक्त गरेका छन्।

काठमाडौँको बागबजारस्थित पिके क्याम्पसमा आयोजित ‘प्रजातन्त्र र मानवअधिकारका अन्तरराष्ट्रिय चुनौती बिषयक अन्तरक्रियामा बोल्दै बक्ताहरुले त्यस्तो चिन्ता व्यक्त गरेका हुन्।

नेपाल डेमोक्रेट युनियनद्वारा दलाई लामाको ८७ औं जन्मदिनको अवसर पारेर आयोजना गरेको सो अन्तरक्रिया कार्यक्रममा पाटन संयुक्त क्याम्पसका सह–प्राध्यापक डा.विजय मिश्रले अहिलेका प्रजातन्त्रवादी भन्नेहरु जनताका अधिकारमा भन्दा आफ्नो सत्ता र स्वार्थका पछि लाग्दा विश्वमा मानवअधिकारको संरक्षणमा ठूलो चुनौती थपिएको धारणा राख्नुभयो।

यसैगरी प्राध्यापक कपिल श्रेष्ठले राज्य सत्ताको नेतृत्व गर्ने दलहरुमा जनताभन्दा आफ्नो स्वार्थमा बढी लुप्त भएका कारण मानवअधिकार नै संकटमा परेको दावी गर्नुभयो।

अधिबक्ता झलक बिक र डा. सरोज मिश्रले पनि आ-आफ्नो मन्तब्य व्यक्त गरेको सो कार्यक्रममा नेपाल डेमोक्रेट युनियनका अध्यक्ष सिदार्थ गौतमले चिनियाँ कम्युनिस्टको हस्तक्षेपका कारण नेपालको प्रजातन्त्र र मानव अधिकार संधै खतरामा रहेको धारणा राख्नुभयो ।२००७ सालमा प्रजातन्त्र आए लगत्तै नेपालमा अमेरिकी दूतावास खुलेकै कारण नेपाल तिब्बत हुनबाट जोगिएको वहाँको दावी थियो।

सयौँको सहभागिता रहेको अन्तरक्रियामा दलाई लामाको जन्मोत्सवका अवसरमा केक काटेर जन्मोत्सव सेलिब्रेसन गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्