प्रहरीले सुपारी पठाउन खोज्दा सशस्त्रले रोकेपछि झापामा झडप



केदार बस्नेत।राज्यका प्रमुख दुई सुरक्षा निकायबीच झापामा  झडप भएको छ।बुधबार अर्थात गएराती सशस्त्र प्रहरी र नेपाल प्रहरीबीच झडप भएको हो।झापाको मेचीनगर नगरपालिका स्थित काँकडभित्ता नाकामा नेपाल प्रहरीले सुपारी पठाउन खोज्दा सशस्त्रले रोकेपछि झडप भएको हो।

नेपाल प्रहरीले तस्करसँगको मिलेमतोमा सुपारी पठाउन खोज्दा सशस्त्रले रोकेको र त्यसक्रममा नेपाल प्रहरीले सशस्त्रमाथि हातपात गरेको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्