सोलुखुम्बु : कति उम्मेदवारले बुझाए निर्बाचन खर्च बिवरण ?
गार्डेन राई,सोलुखुम्बु।स्थानीय तहको निर्बाचनमा जिल्लाका ८ वटै पालिकामा उम्मेदवारी दिएकामध्ये हालसम्म दुई सय १६ जना उम्मेद्वारले मात्र निर्वाचन खर्च विवरण बुझाएका छन ।
निर्वाचनमा उम्मेद्वार भएको मितिले ३० दिनभित्र खर्चको विवरण बुझाउनुपर्ने प्रावधान रहेतापनि आजसम्म दुई सय १६ जना उमेद्धारले मात्र खर्चको विवरण बुझाएका हुन ।

जिल्ला निर्वाचन कार्यालय सोलुखुम्बुको तथ्यांक अनुसार सोलुदुधकुण्ड नगरपालिकाका प्रमुख र उपप्रमुख सहित ४० जनाले निर्वाचन खर्चको विवरण बुझाएका छन ।
यस्तै माप्यदुधकोशी गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष सहित ३५ जना, नेचासल्यान गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष सहित ४७ जना र खुम्बुपासाङ ल्हमु गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष सहित २० जनाले निर्वाचन खर्चको विवरण बुझाएका छन ।
यसैगरि सोताङ गाउँपालिकाका २४ जना, थुलुङ दुधकोशी गाउँपालिकाका ३९ जना, लिखुपिके गाउँपालिका दुई जनाले र महाकुलुङ गाउँपालिकाका ९ जनाले निर्वाचन खर्चको विवरण बुझाएको जिल्ला निर्वाचन कार्यालय सोलुखुम्बुका सूचना अधिकारी नेत्र घिमिरेले जानकारी दिनुभयो ।
जिल्ला निर्वाचन कार्यालय सोलुखुम्बुले दिएको जानकारी अनुसार थुलुङ दुधकोशी गाउँपालिका, लिखुपिके गाउँपालिका, महाकुलुङ गाउँपालिका र सोताङ गाउँपालिका निर्वाचित प्रमुख र उपप्रमुले निर्वाचन खर्चको विवरण बुझाएका छैनन ।
निर्वाचन आयोगले भनेको समयमा उमेद्धारले निर्वाचन खर्च नबुझाएको भन्दै निर्वाचन आयोगले पटक पटक ताकेता गरेको जनाएको छ । निर्वाचन आयोगका अनुसार निर्वाचित भएको मितिले ३० दिनभित्र निर्वाचन खर्च बुझाउनुपर्ने प्रावधन रहेको छ ।
पटक पटक ताकेता गरेपनि केहीदिनभित्र निर्वाचन खर्चको विवरण नबुझाएमा उम्मेद्वारले खर्च विवरण नबुझाएको भनि निर्वाचन आयोगमा नामसूचि पठाउने जिल्ला निर्वाचन कार्यालय सोलुखुम्बुले जनाएको छ ।
वैशाख ३० गतेको स्थानिय तहको निर्वाचनका लागि सोलुखुम्बु जिल्लाको आठ वटा स्थानिय तहबाट आठ सय सात जना उम्मेद्वारले नाम दर्ता गराएको जिल्ला निर्वाचन कार्यालय सोलुखुम्बुको तथ्यांक रहेको छ ।

