सोलुखुम्बुमा चट्याङले ७ वर्षीय बालकको मृत्यु,आमालाई बनायो गम्भिर घाइते

केदार बस्नेत।अविरल परेको वर्षाका कारण चट्याङ लागेर सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिकामा एक बालकको मृत्यु भएको छ साथै एक महिला घाइते भएकी छन।

मंगलबार साझको चट्याङमा परेर गाउँपालिकाको वडा नम्बर ९-लोखिममका ७ वर्षीय सुजन तामाङको घटनास्थलमा नै मुत्यु भएको वडाअध्यक्ष सनकुमार तामाङले जानकारी दिनुभयो।मावली घर आमासँगै गएका बालक घरको पेटिमा बसेको अवस्थामा चट्याङ लागेको प्रहरीले जानकारी दिएको छ ।मृतक बालकका आमा ताकमाया तामाङलाई चट्याङले गम्भिर घाइते बनाएको छ।

