माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज पनि बस्दै, पदाधिकारी घोषणा हुने सम्भावना
काठमाडौं।नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज दिउँसो १ बजे प्रज्ञा भवन कमलादीमा बस्ने भएको छ।

असार १९ गतेदेखि जारी माओवादी केन्द्रीय समिति बैठकका क्रममा उठेका प्रश्नबारे आज प्रचण्डले जवाफ दिने कार्यक्रम छ।आजै प्रचण्डले पोलिटब्युरो, स्थायी र पदाधिकारीको नाम प्रस्ताव गर्ने संकेत पनि मंगलबार दिई सकेका छन् ।
माओवादीले गत पुसमा महाधिवेशन गरे पनि पदाधिकारी चयन गरेको थिएन। केन्द्रीय समिति चयन र अध्यक्षमा प्रचण्डलाई चयन गर्दै महाधिवेशन सकिएको थियो।
महाधिवेशनले केन्द्रीय समितिलाई पदाधिकारी चयनको जिम्मा दिएको थियो। तर पूर्वस्थायी समितिले भने केन्द्रीय समितिमा रहेको उक्त अधिकार अध्यक्ष प्रचण्डलाई नै सुम्पेको थियो।
माओवादी पदाधिकारीमध्ये महासचिवमा वर्षमान पुन, जनार्दन शर्मासहित ऊर्जामन्त्री पम्फा भुसाल, नेता शक्तिबहादुर बस्नेत, हरिबोल गजुरेल र गिरिराजमणि पोखरेलले पनि दाबी गर्दै आएका छन्।

