प्रज्ञा भवनमा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक सुरु,यस्ता छन् छलफलका एजेन्डा



काठमाडौँ ।नेकपा माओवादी केन्द्रको आईतवारबाट सुरु केन्द्रीय समिति बैठक भोलिसम्मका लागि स्थगित भएको छ।अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक प्रतिबेदन पेस र प्रदेश नेताहरुले आ-आफ्नो प्रदेशको रिपोर्टिङ गरेसंगै कमलादीस्थित प्रज्ञा भवनमा सुरु बैठक भोलिसम्मका लागि स्थगित गरिएको हो।

तीन चल्ने भनिएको बैठकका लागि अध्यक्ष प्रचण्डले सहिदहरूप्रति श्रद्धाञ्जली, केन्द्रीय समितिका नयाँ सदस्यको सपथ ग्रहण, बैठक सञ्चालन प्रक्रियाबारे अध्यक्षबाट जानकारी, प्रदेश समितिका अध्यक्ष र इञ्चार्जबाट प्रदेश स्थितिबारे रिपोर्ट, अध्यक्षबाट वर्तमान परिस्थितिबारे रिपोर्ट, संगठनात्मक विषय र संरचनाबारे, स्थानीय निर्वाचनको समीक्षा, आगामी प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको तयारी र विविध गरी नौवटा एजेण्डा प्रस्तुत गरेका थिए।

सोही क्रममा प्रदेश समितिका अध्यक्ष र इञ्चार्जले आ-आफ्नो प्रदेशको स्थितिबारे रिपोर्ट पेस गर्दा जारी बैठकले नै पदाधिकारी टुंगो लगाउनुपर्ने बताएका छन्।

बागमती प्रदेश अध्यक्ष सरल सहयात्री पौडेलले पाँच दिनसम्म बैठक राखेर भए पनि पदाधिकारी टुंगो लगाउनुपर्ने बताए भने मधेश प्रदेशका इन्चार्ज गणेश शाहले मधेश प्रदेशको पदाधिकारी छिटो टुंगो लगाउनुपर्नेमा जोड दिएका छन्।

प्रतिक्रिया दिनुहोस्