अछाम : हत्या आरोप लागेकी मेयर चलाउनेले गरिन प्रहरीसमक्ष आत्मसमर्पण



काठमाडौ।अछामको पञ्चदेवल विनायक–४ का १५ वर्षीय विनोद शाहीको हत्या प्रकरणमा संलग्न रहेको आरोप लागेकी मेयर अम्बिका चलाउने प्रहरी कार्यालय उपस्थित भएकी छन्।

आइतबार चलाउनेसहित अर्का एक आरोपी जिल्ला प्रहरी कार्यालय अछाममा उपस्थित भएका हुन् । गत जेठ २१ गते मृतावस्थामा भेटिएका विनोदको घटनामा संलग्न रहेको उजुरी परेपछि प्रहरीले मेयर चलाउनेसहित ७ जनालाई नियन्त्रणमा लिएको हो ।

आफन्तले विनोद शाहीको हत्या भएको भन्दै नगरप्रमुख चलाउनेसहित १३ जनाविरुद्ध जाहेरी दर्ता गराएका थिए । गत जेठ १७ गते साँझ नेपाली कांग्रेस र नेकपा (एमाले)का कार्यकर्ताबीच पञ्चदेवलमा विवाद भएको थियो । त्यसपछि बेपत्ता भएका विनोदको शव २१ गते विहान स्थानीयले फेला पारेका थिए ।

प्रहरीले जाहेरी दर्ता भएकोमध्ये पाँचजनालाई यसअघिनै नियन्त्रणमा लिएको थियो । घटनाको अनुसन्धान अन्तिम चरणमा पुगेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्