बागमती प्रदेश : मुख्यमन्त्री पाण्डेले राजीनामा नदिने



काठमाडौं।गठबन्धनभित्रका सहयात्री दलहरूले बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेलाई हटाउनका लागि हस्ताक्षर संकलन गरेपनि नेकपा एकीकृत समाजबादी बागमती प्रदेश संसदीय दल पाण्डेले तत्काल राजीनामा दिन नहुने निष्कर्षमा पुगेको छ।

शनिबार सम्पन्न सो पार्टीको बागमती प्रदेश संसदीय दलको बैठकले प्रदेश सरकार गठबन्धनको सहमतिका आधारमा बनेकाले केन्द्रीय गठबन्धनको निर्णयविना मुख्यमन्त्री पाण्डेले राजीनामा नदिने निर्णय गरेको हो ।

बैठकमा प्रदेश सरकारको बजेट कार्यान्वयन र तिनका चुनौतीको लागि अगाडिको रणनीतिका विषयमा छलफल भएको नेकपा एकीकृत समाजबादीले जनाएको छ। बैठकमा आगामी निर्वाचनको तयारीमा लाग्न सबै सांसदहरुलाई निर्देशन समेत दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्