पहिरोले घर पुरिंदा पांँचथरमा एक जनाको मृत्यु,दुई जना बेपत्ता



काठमाडौं।अविरल वर्षापछिको पहिरोले घर पुरिँदा पाँचथरको फालेलुङ गाउँपाकिा–७ मा एक जनाको मृत्यु भएको छ भने २ जना बेपत्ता भएका छन् ।

गए राति सवा १० बजेतिर सिदिन बजार नजिकै रहेको रुपलाल मगरको घर पहिरोले पुर्दा तीन जना बेपत्ता भएको पाँचथरका प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेले जानकारी दिए ।

पहिरोमा ४२ वर्षीय रुपलाल मगर, उनको ३८ वर्षीय श्रीमती गोमा मगर र १९ वर्षीय भतिजी एलिसा मगर बेपत्ता भएका थिए । आज बिहान रुपालालको शव फेला परेको र अरू दुई जना अझै बेपत्ता रहेका छन् । (सांकेतिक तस्बिर)

प्रतिक्रिया दिनुहोस्