चुनावी समीक्षाका लागि कांग्रेसले बोलायो केन्द्रीय समिति बैठक

काठमाडौं।सत्तारुढ नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ ।

आज एक बिज्ञप्ति जारी गर्दै आगामी असार २७ गते सोमबारका दिन दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यसमिति बैठक बोलाएको हो । बैठकमा स्थानीय तह निर्वाचन-२०७९ को समीक्षा लगायतमा छलफल हुने कांग्रेसले जनाएको छ ।
बैैठक केन्द्रीय कार्यालय, वीपी स्मृति भवन, वीपी नगर, ललितपुरमा बस्ने छ । बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी एवं सदस्यहरूको उपस्थितिका लागि निर्देशानुसार अनुरोध पनि गरिएको छ । लागि बोलायो कांग्रेसले केन्द्रीय समिति बैठक

