भारतले धौलीगंगा जलविद्युतको बाँध खोल्यो स्थानीयलाई सतर्कता अपनाउन दार्चुला प्रशासनको आग्रह
दार्चुला ।महाकाली नदीमा जलस्तर बढ्न सक्ने भन्दै जिल्ला प्रशासन कार्यालय दार्चुलाले तटीय क्षेत्रका स्थानीयलाई सतर्कता अपनाउन आग्रह गरेको छ । भारतले धारचुलाको धौलीगंगा जलविद्युत् परियोजनाको बाँध खोले पछि महाकाली नदीमा जलस्तर बढ्न सक्ने भएको हो ।

भारतको तपोवनस्थित धारचुलाको धौलीगंगा जलविद्युत् परियोजनाको ड्याम साइटमा बिहीबार बिहान ५ बजे देखि बेलुकी ८ बजेसम्म ‘सिल्ट फ्लसिङ’ को काम हुने र त्यसका लागि बाँध खोलिने भनेर एनएचपीसी लिमिटेड, धौलीगंगा पावर स्टेसन, धारचुला, पिथौरागढबाट जिल्ला प्रशासन दार्चुलालाई पत्र आएको हो ।
भारतको उक्त पत्र पछि दार्चुला जिल्ला प्रशासन कार्यालयले महाकाली नदीमा जलस्तर बढ्न सक्ने सम्भावना भएकोले महाकाली नदी किनार तटीय क्षेत्रका बासिन्दाहरूलाई सतर्कता अपनाउन आग्रह गरेको हो ।

