भवन निर्माणका लागि समन्वयकारी भूमिका खेलिदिन स्थानीय सरकारलाई महासंघ अध्यक्ष श्रेष्ठको आग्रह




सोलुखुम्बु ।नेपाल पत्रकार महासंघ सोलुखुम्बुका अध्यक्ष नुतन श्रेष्ठले पत्रकारहरुले आचारसंहिताको पूर्ण पालना गर्दै जिम्मेवार भएर आफ्नो भूमिका निर्बाह गर्नुपर्ने बताउनुभएको छ।

महासंघ जिल्ला शाखा सोलुखुम्बुद्वारा आयोजित सम्मान समारोहलाई सभापतिको आशनबाट सम्बोधन गर्दै श्रेष्ठले राज्यका प्रमुख अंगहरुको बिश्वसनीयता माथि प्रश्न उठिरहेका बेला राज्यको चौथो अंगका रूपमा रहेको पत्रकारिता क्षेत्रले अझ जिम्मेवार र निष्पक्ष भएर काम गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो।

सन्चार क्षेत्रलाई जिम्मेवार र मर्यादित बनाउन पत्रकार महासंघ सोलुखुम्बुले विभिन्न कार्यक्रम गर्दै आएको बताउंदै वहाँले दर्ता नभएका अनलाइन र फेसबुक पेजहरु कसरी र कहाँबाट सञ्चालित छन् भन्ने खोजविन गरी गैर कानुनी कार्य रोक्नका लागि सम्बन्धित निकायमा निवेदन दिने तयारी भइ रहेको जानकारी दिनुभयो ।

जिल्लामा पत्रकार महासंघको भवन निर्माणका लागि जग्गा प्राप्त नभएको साथै सरकारी जग्गा पनि उपलब्ध नहुने भएकाले भवन निर्माणमा असहजता उत्पन्न भएको गुनासो गर्नुभयो । भवन निर्माणका लागि प्रदेश सरकार साथै स्थानीय सरकारले समन्वयकारी भूमिका निर्वाह गर्नेमा आफु विश्वस्त रहेको श्रेष्ठको भनाई थियो ।

कार्यक्रममा गत स्थानीय तह निर्बाचनमा निर्बाचित प्रमुख तथा उपप्रमुखहरुलाई सम्मानित गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्