नेचासल्यानको फोहोर ब्यबस्थापनका लागि इको हिमालद्वारा दुई दर्जन डस्विन सहयोग
सोलुखुम्बु।नेचासल्यान गाउँपालिकाको बजार क्षेत्र सरसफाइका लागि इको हिमाल नेपाल नामक संस्थाले साझेदारी गर्नेभएको छ ।

गाउँपालिका उपाध्यक्ष बिना राईको नेतृत्वमा झण्डै एक महिना अघिबाट सुरु बजार क्षेत्र सफाइ अभियानमा साझेदारी गर्दै सो संस्थाले फोहोर संकलनका लागि दुई दर्जन डस्विन उपलब्ध गराएको छ।
स्वच्छ,सफा र सुन्दर पालिका निर्माण गर्ने गाउँपालिका निर्माणको महत्वाकांक्षी योजनामा साथ दिन फोहोर संकलनका लागि १२ सेट अर्थात् २४ वटा डस्विन हस्तान्तरण गरिएको इको हिमाल नेपालका प्रशासन तथा सन्चार प्रमुख केशव राज भुसालले जानकारी दिएका छन् ।बाटो तथा सार्बजनिक स्थलमा उत्पादित फोहोर ब्यबस्थापनका लागि प्रारम्भिक चरणमा सो सहयोग उपलब्ध गराइएको भुसालको भनाई छ।

