नवनिर्बाचित जनप्रतिनिधिलाई आजबाट दुई दिने प्रशिक्षण दिंदै एमाले



काठमाडाैँ। नेकपा एमालेबाट स्थानीय तहमा निर्वाचित भएका जनप्रतिनिधिलाई प्रशिक्षण दिइने भएको छ।

गत ३० वैशाखमा चुनावमा आफ्नो पार्टीबाट जितेकामध्ये पालिका प्रमुख तथा उपप्रमुख र अध्यक्ष तथा उपाध्यक्षलाई एमालेले प्रशिक्षण तथा अभिमुखीकरण दिन लागेको हो।

एमाले सचिवालय बैठकको निर्णयअनुसार आज र शुक्रबार जनप्रतिनिधिलाई प्रशिक्षण दिइनेछ।

आज बिहान ११ बजे भृकुटीमण्डपस्थित प्रदर्शनीमार्गमा रहेको राष्ट्रिय सभा गृहमा प्रशिक्षण कार्यक्रमको उद्घाटन एमाले अध्यक्ष केपी शर्मा ओलीले गर्नेछन्।

प्रतिक्रिया दिनुहोस्