लुम्बिनी प्रदेशकि स्वास्थ्य राज्यमन्त्री ओली पोइ खोज्दै हिंडेपछी…..
दाङ।महिलामाथि हातपात गरेको आरोपमा प्रहरीले लुम्बिनी प्रदेशकी स्वास्थ राज्यमन्त्री विमला कुमारी खत्री वलीलाई नियन्त्रणमा लिएको छ ।

पूर्वप्रेमी एकराज बस्नेतकाे घरमा छिरेर अभद्र व्यवहार गरेपछि उनलाइ प्रहरीले नियन्रणमा लिएकाे थियाे । बिहान करिब ८ बजे राज्यमन्त्री वलीले बस्नेतकाे घरमा छिरेर ‘मेराे पाेइ खै’ भन्दै हातपात गरेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।
उनी लु १ झ ५३७ नम्बरको सरकारी गाडी चढेर त्यहाँ पुगेकी थिइन् । घटना हुँदा एकराज घरमा थिएनन् ।
नेकपा एमालेबाट दाङ ३ खबाट प्रदेशसभा सदस्य निर्वाचित भएका उत्तरकुमार वलीको दुर्घटनामा मृत्यु भएपछि तत्कालीन नेकपाबाट उनकी श्रीमती विमला वली सांसद निर्वाचित भएकी थिइन् । नेकपा विभाजनपछि उनी माओवादीमा लागेकी थिइन् ।

