कमल थापासंग गएका पौडेल र गुरुङ राप्रपामै फर्किए



काठमाडौं।कमल थापा नेतृत्वको राप्रपा नेपाल परित्याग गरेका उद्धव पौडेल र चन्द्रबहादुर गुरूङ राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मै फर्किएका छन्।

उनीहरूलाई सोमबार राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीमा स्वागत गरेका छन्।राप्रपाको महाधिवेशनमा लिङ्देनसँग अध्यक्षमा पराजित भएपछि कमल थापाले राप्रपा परित्याग गरी राप्रपा नेपाल पार्टी गठन गर्दा पौडेल र गुरूङले साथ दिएका थिए।

राप्रपा नेपालमा पौडेल उपाध्यक्ष र गुरूङ कोषाध्यक्ष थिए।उनीहरूले केही बैशाखमा राप्रपा नेपालका अध्यक्ष थापालाई साधारण सदस्य पनि नरहने गरी राजीनामा बुझाएका थिए।

सोमबारै नेपाली कांग्रेस बिपीका उपाध्यक्ष सुदर्शन सिटौला, सह महामन्त्री दिपक कार्की, केन्द्रीय सदस्यहरु गोपाल श्रेष्ठ, ध्रुब थापा, झविन्द्रराज आचार्य, गोपाल सापकोटा, सीता बस्नेत, सुशील कुमार कार्की, विनोद हमाल, प्रकाश ज्ञवाली, लोकबहादुर कार्की लगायत दुई दर्जन नेताहरू साथै नेपाली कांग्रेस धुलिखेलका नेता इन्जिनियर रञ्जीब श्रेष्ठसहित सामाजिक जीवनका विभिन्न व्यक्तित्वहरु पनि राप्रपामा प्रवेश गरेका छन् ।

पार्टी प्रवेश कार्यक्रममा संक्षिप्त सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले देश र धर्मको जोगाउने राप्रपाको अभियानमा समाहित हुनुहुने सबैको राप्रपाप्रतिको विश्वासलाई पश्चातापमा बदल्ने दिन कहिल्यै आउन नदिने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्