आईजीपी बढुवासम्बन्धि मुद्दाको अन्तिम सुनुवाइ आज



हुंदैकाठमाडौं। प्रहरी महानिरीक्षक (आईजीपी) बढुवा विवादसम्बन्धि मुद्दाको अन्तिम सुनुवाइ आज हुने भएको छ।

धीरज प्रताप सिंहलाई प्रहरी महानिरीक्षक बनाउने सरकारको निर्णयविरुद्ध सर्बोच्छ अदालतमा दायर रिटमा जेठ १७ गतेदेखि अन्तिम सुनुवाइ सुरु भएकोमा अर्को पेसी आज सोमबारका लागि तोकिएको थियो।

सरकारले पहिलो वरीयतामा रहेका एआईजी विश्वराज पोखरेललाई प्रहरी प्रमुख नबनाई तेस्रो नम्बरमा रहेका सिंहलाई बनाएपछि यो विवाद सर्वोच्च पुगेको थियो।

पोखरेलले बढुवाका लागि आफू योग्य भएको तर सरकारले आफूभन्दा जुनियरलाई प्रहरी ऐन र नियमावलीको व्यवस्था विपरीत बढुवा गरेको जिकिर गर्दै रिट दायर गरेका थिए।

प्रतिक्रिया दिनुहोस्