निर्बाचनपछि आज पहिलो पटक बस्दै एमाले सचिवालय बैठक,भुसालमाथिको कारबाही के होला ?



काठमाडौं । स्थानीय तहको निर्वाचनपछि पहिलो पटक नेकपा एमालेको सचिवालय बैठक बस्दैछ ।

आज तय भएको सचिवालय बैठकका लागि केन्द्रीय कार्यालय बैठकले चार वटा एजेण्डा तय गरेको छ । तर स्थायी कमिटी सदस्य घनश्याम भुषाललाई कारबाही गर्ने वा स्पष्टीकरण सोध्ने एजेण्डा भने तय भएको छैन ।

सचिवालय बैठक दिउँसो १ बस्ने कार्यक्रम रहेको छ । केन्द्रीय कार्यालय बैठकले जनप्रतिनिधिलाई असार २ र ३ मा प्रशिक्षण दिने, विभागहरूलाई पूर्णता दिने र समसामयिक विषयमा छलफल गर्ने गरी एजेन्डा तय गरेको हो ।

साथै एमाले उपमहासचिव विष्णु रिमालको संयोजकत्वमा तयार भएको चुनावी समीक्षा रिपोर्ट बैठकमा पेस गरिने कार्यक्रम रहेको छ । आइतबारको केन्द्रीय कार्यालय बैठकमा एमाले स्थायी कमिटी सदस्य घनश्याम भुषाललाई स्पष्टीकरण सोध्न अनुशासन आयोगले गरेको सिफारिसबारे भने छलफल भएको थिएन र त्यो एजेण्डा पनि बनाइएको छैन ।

स्थानीय तहमा एमाले हार्नुका कारणलाई लिएर पार्टी अध्यक्ष केपी शर्मा ओलीले जिम्मेवारी लिनुपर्ने र वाम गठबन्धन हुनुपर्ने धारणा राखेका भुषाललाई अनुशासन आयोगले कारबाहीको सिफारिस गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्